प्रभु बैंकद्वारा आफ्ना ग्राहकहरुका लागि 'ईकेवाइसी' सेवा सञ्चालनमा
प्रकाशित २०७७ मंसिर ८ सोमबार
171
Shares
काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 'ईकेवाइसी' सेवा सञ्चालनमा ल्याएको छ। प्रभु बैंक लिमा खाता खोली कारोबार गर्ने ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लगइन गरी अनलाइन मार्फत केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ। जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको कम्पनीले जनाएको छ।
प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाइसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ।