जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन्। साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको सञ्चार माध्यमहरुले जनाएका छन्। इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उनीहरुको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन्।
साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पुर्याउनेगरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो।
अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका थिए। छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुगेका थिए। उनीहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ।