arrow

अन्ततः ट्रम्प बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार 

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
trump-biden1.jpg

काठमाडौं । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार भएका छन् । उनले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि सहमति जनाएका हुन् । 

भारी मतान्तरले चुनाव हारेर पनि हार अस्वीकार गर्दै आएका ट्रम्पले करिब तीन दर्जन मुद्दा हाले । तर कतै पनि जित पाएनन् । र पनि उनले सत्ता छाड्न तयार भएनन् । उनकै पार्टी रिपब्लिनका शीर्ष नेताहरुले समेत हार स्वीकार्न आग्रह गर्दासमेत ट्रम्पले हार भने स्वीकार गर्न मानेका छैनन् । 

उनले सत्ता छाड्न तयार रहे पनि चुनावी हारको लडाइ भने लड्न नछाड्ने बताएका छन् । उनले शक्ति हस्तान्तरणको संक्रमणकालीन प्रक्रिया थाल्न ट्रम्प तयार भएको बीबीसीले लेखेको छ । 

मुख्य संघीय निकायहरुलाई ‘जे गर्न आवश्यक पर्ने हो त्यो गर्नु’ भनेर आदेश दिइसकेको ट्रम्पले उल्लेख गर्नुभएको छ । यो भनाइसँगै पहिलो पटक ट्रम्पले हार स्वीकार्नु भएको टिप्पणी गरिएको छ ।

जनरल सर्भिस एडमिनिष्ट्रेसनले पनि बाइडेनलाई देखिने जीत हासिल भएको जानकारी गराएको जनाएको छ । मिचिगनमा बाइडेनले जितेको औपचारिक रुपमा प्रमाणित गरेपछि ट्रम्पका मुद्दा मामिलाको अर्थ पनि सकिँदै गएको छ । 

ट्रम्पको यो कदमको बाइडेनको टिमले स्वागत गरेको छ । अमेरिकी ४६ औं राष्ट्रपतिका रुपमा बाइडेनले २० जनवरीमा सपथ ग्रहण गर्नेछन् । 



लोकप्रिय समाचार
नयाँ