काठमाडौं । सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार नेपाली बजारमा सुनको तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो । छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मोल पनि घटेको छ । मंगलबार सोमबारको तुलनामा चाँदी तोलामा ३० रुपैयाँ घटेको हो । चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।