arrow

सुनको मूल्य अठार सयले घट्यो

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
gold-jewellery.jpg

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा मंगलबार प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार रु एक हजार ८०० ले ओरालो लागेको हो । 
    
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । 
    
यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा मंगलबार प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ । 



लोकप्रिय समाचार
नयाँ