बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो धनाड्य
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
102
Shares
काठमाडौं। अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्स एवं विद्युतीय कार टेस्लाका सीईओ एलन मस् विश्वकै दोस्रो धनाड्य बनेका छन्। बिल गेट्सलाई उछिन्दै अर्बपति उद्यमी एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका हुन्।
ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो। यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ।
मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा तेस्रो स्थानमा आएका थिए। सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ। गत जनवरीमा ब्लूमबर्गको पाँचसय सबैभन्दा धनी मानिसको सूचीमा मस्क ३५ औं स्थानमा थिए।