arrow

गोठलापानी आउँदै गरेको जीप बुड्डामा दुर्घटना, पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
accident1.jpg

बैतडी । जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीया पार्वती चन्द, पाटन नपा–५ ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नपा–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नपा–१० बुड्डामा मंगलबार दुर्घटनामा परेको हो । 

दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा जीपका चालक गोपालसिंह कार्की गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भैरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका उनीहरु पेन्सन बुझेर घर फर्कने क्रममा थिए । 



लोकप्रिय समाचार
नयाँ