काठमाडौं । बंगालको खाडीमा उठेको निभार चक्रपातका कारण भारतमा असर पुगेको छ । चेन्नईमा पछिल्लो २४ घण्टामा लगातार वर्षा भइरहेको छ भने कयौं क्षेत्र डुबानमा परेका छन् ।
पूर्व मुख्यमन्त्री करुणानिधिको घरमा समेत पानी भरिएको स्थानीय संचारमाध्यमले लेखेका छन् । मौसम विभागका अनुसार यो खतरनाक चक्रपात हुन सक्ने देखिएको छ ।
निभार बुधबार साँझ तमिलनाडु र पुडुचेरीको तटसँग ठोक्किने छ । यसै क्रममा १०० देखि १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा आउने अनुमान पनि गरिएको छ ।
तमिलनाडु, पुडुचेरी र आन्ध्रप्रदेशमा १२०० उद्धार टोली तैनाथ गरिएको छ । १२ जोडी रेलवे रद्ध गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त चक्रपातका बारेमा मुख्यमन्त्रीहरुसँग समेत छलफल गरेका छन् ।