काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित थपिने भन्दा निको हुनेको दर कम हुँदै गएको छ । मंगलबार ४४ हजार २४५ जना संक्रमित थपिँदा मात्रै ३७ हजार ७६५ जना कोरोनामुक्त भएका छन् ।
भारतमा कुल संक्रमितको संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । निको हुने ८६ लाख ४१ हजार ४०४ रहेका छन् भने सक्रिय संक्रमित हाल ४ लाख ४३ हजार ७६५ रहेका छन् ।
मंगलबार ४८९ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ३४ हजार ७४३ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय सबैभन्दा बढी असर दिल्लीमा परेको छ । पछिल्लो एक हप्तामा चौथो पटक सक्रिय संक्रमित बढेका छन् ।
मंगलबार सबैभन्दा बढी दिल्लीमा संक्रमित भेटिए । दिल्लीमा ६ हजार २२४ जना संक्रमित थपिएका छन् । लगातार पाँचौं दिन सय जना भन्दा बढीको ज्यान दिल्लीमै गएको छ ।
मंगलबार १०९ जनाको ज्यान गयो । दिल्लीमा अहिलेसम्म ५ लाख ४० हजार ५४१ जना संक्रमित भएका छन् भने ३८ हजार ५०१ जनाको उपचार भइरहेको छ । ८ हजार ६२१ जनाको ज्यान दिल्लीमा गएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोपिदयाले जबसम्म भ्याक्सिन बन्दैन तबसम्म दिल्लीका स्कुल नखुल्ने बताएका छन् ।