बुटवल । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई उनकै गृहनगर बुटवलमा कालोझण्डा देखाइएको छ । बुधबार बिहानै बुटवलको नेपालगञ्ज रोडमा कालोझण्डा देखाइएको हो ।
उनी सवार सवारीलाई रोकेर नेपाल तरुण दलका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै तरुण दलले कालोझण्डा देखाएको हो ।
बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानीलाई दाङको भालुवाङमा स्थायी राजाधानी सार्न दिएर आफूले अर्थमन्त्री पद खाएको आरोप पौडेलमाथि रहेको छ ।
नेपालगञ्ज रोडमा झडपको स्थिति आएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । पौडेल भने पश्चिम बेलबासतिर लागेका छन् ।
उनी विवादित सात सय घर धुरीको उठिवास लगाएर बन्दै गरेको तिनाउ–दानव करिडोरको शिलान्यास गर्न बुटवल गएका हुन् ।