arrow

बैँकका गार्डलाई खुकुरी हानेर भागेका शशि पक्राउ

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
khukuri1.jpg

काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई बुधबार पक्राउ गरेको छ ।  

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौँ थापागाउँका शशि थापालाई बुधबार अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले बैँकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ