arrow

पाँचथरको फालोटमा सशस्त्रको बिओपी स्थापना

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
apf-broder-sima.jpg

पाँचथर । फालेलुङ गाउँपालिका-४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९  सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बिओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताए ।
 
मन्त्री नेम्वाङले सीमित स्रोत साधनको उपलब्धता हुँदासमेत धेरै बिओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र  छिमेकीमुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताउँदै पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालिएको पहल दूरगामी महत्वको रहेको जनाए ।
 



लोकप्रिय समाचार
नयाँ