arrow

पार्टीको विधान, नीति माने विद्यमान सबै समस्याको समाधान निस्किने : नेपाल

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
madhav-nepal.JPG

पर्सा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित  नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न  गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे । 

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले  सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ