काठमाडौं। खुलामञ्चमा गरिब तथा असहाय सहित रोजगारी गुमाएकाहरुलाई खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’ समूहले जाडो बढेसँगै खाना खान आउनेहरुलाई न्यानो कपडा दिन थालेको छ। जाडो बढेसँगै खाना खान आउँनेहरुका लागि न्यानो होस भन्दै सो समूहले न्यानो कपडा सहयोग गरेको हो। हाम्रो टिम नेपालका संयोजक विमल पन्तले भोको पेट भर्न आउनेहरुले चिसोमा न्यानो पाउन भन्दै न्यानो कपडा वितरण गरिएको जानकारी दिए।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खान अवरोध गरेपछि सो समूहले ३ मंसिरबाट हरेक दिन थापाथलीस्थित प्रसूति गृहपछाडि खाना खुवाउन थालेको छ। कोरोना महामारी सुरु भएदेखि सो समूहले गरिब तथा असहाय सहित रोजगारी गुमाएकाहरुलाई खाना खुवाउँदै आइरहेको छ।
हाम्रो टिम नेपालका सचिव एलएस धामीले खाना खान आउनेहरुका लागि जाडोमा न्यानोपन दिन २ सय ५० जनालाई ट्राउजर, थर्मकोटलगायत न्यानो कपडा वितरण गरिएको जानकारी दिए। सो क्रममा समुहले संचालन गर्दै आइरहेको कपडा बैंकबाट संकलित कपडाहरु समेत वितरण गरिएको थियो। ट्राउजर, थर्मकोटलगायतका केही न्यानो कपडा भने तुलसी श्रेष्ठले सहयोग गरेका हुन।