काठमाडौँ । देशभर बुधबार थप उन्नाइस सय अठचालीस जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ । थप ९ हजार २१० को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख सात हजार नौ सय ९८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर तीन हजार १ सय ४० संक्रमित निको भएर घर फर्किएका छन् ।
काठमाडौँ उत्यकामा थप ८ सय ३५ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख पाँच हजार ५ सय १७ पुगेको छ । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंमा ६ सय ३५, ललितपुरमा १ सय १३ भक्तपुरमा ८७ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३८९ पुगेको छ ।