arrow

नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
CIB.jpg

काठमाडौं। भक्तपुर स्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको उजुरी परेपछि न्यौपानेलाई काठमाडौंको चण्डोलबाट पक्राउ गरेको बताएको छ। प्रहरीले इन्जिनियरिङ कलेजले नै दिएको ठगी आरोपको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले उनी बरिुद्ध न्यौपानेविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको उजुरी  रहेको जानकारी दिए। पक्राउ परेका न्यौपाने १८ असार  २०५६ देखि ७ मंसिर २०५७ सम्म पहिलो र २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म गरी इन्जिनियरिङ कलेजको दुई कार्यकाल अध्यक्ष बनेका थिए। उनी अध्यक्ष रहेका बेला २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम गरिएको ब्युरोले जनाएको छ।

दुई वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद बाट राजीनामा नै दिएका थिए।

त्यस बखत रकम हिनामिनाको उजुरी मिलाउन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई न्यौपानेले ७८ लाख घुस दिएको सार्वजनिक भएको थियो।



लोकप्रिय समाचार
नयाँ