काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्य बिग्रिएको छ । उनको छातीमा समस्या आएपछि अस्वस्थ्य भएका हुन् । चितवनको नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।
उनको होटलमै उपचार भइरहेको छ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी सहितको चिकित्सकीय टोलीले परीक्षण शुरु गरेको छ ।
शाहको होटलमै इसीजी गरिएको छ । यसैगरी रगत परीक्षण गरिएको छ । रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।
यसअघि उनलाई पटक पटक मुटुमा समस्या हुँदै आएको छ । उनी यसअघि लामो समयसम्म काठमाडौंस्थित नर्भिक अस्पतालमा रहेर शल्यक्रिया गरेका थिए ।
पूर्वयुवराज शाह शाह परिवारसँग बस्दैनन् । एक्लै बाहिर बस्ने भएकाले पनि उनको स्वास्थ्यमा समस्या हुँदै आएको छ ।