सिन्ह्वा, कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ ।
श्रीलंकाली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् ।
विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलंकालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिएका हुन् ।
उनका अनुसार श्रीलंका यसअघि नै विश्वव्यापी खोप तथा संक्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ ।
साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए । सुरुमा श्रीलंकाको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउदा साथ जतिसक्दो छिटोे आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए ।
खोप ल्याउनका लागि सरकारले विभिन्न समिति तथा उपसमितिहरू बनाएर जिम्मेवारी दिएको उनले बताए ।
श्रीलंकामा अहिलेसम्म २१ हजार ४६९ जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ ।