arrow

छोरीमाथि जबरजस्ती करणीको आरोपमा बाबु पक्राउ

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
Rape-Cases.jpg

पोखरा । आफ्नै नावालिग छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बालिकाकै बाबु ३९ वर्षीय हुन् । ती पुरुषले तीन वर्षदेखि आफ्नी १३ वर्षकी छोरीमाथि करणी गर्दै आइरहेको बुझिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका ती पुरुषलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

ती पुरुषले अनेकौं बहाना बनाई छोरीमाथि जबरजस्ती करणी गर्दै आएको र पछिल्लो समय यही मंसिर ६ गते एउटा होटलमा लगि अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा मंगलबार पक्राउ परेका हुन् ।

कास्की प्रहरीले उनलाई अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ