arrow

देउवा भेट्न बुढानिलकण्ठ पुगे भारतीय विदेश सचिव

भेटमा पौडेल र सिटौला पनि सहभागी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
deuba-shringla-meet.jpg

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रींगला प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सिष्टाचार भेटपछि नेपाली कांग्रेसका सभापतिलाई भेट्न बुढानिलकण्ठ पुगेका छन। सत्तारुढ दल भित्र किचलो बढिरहेको र प्रतिपक्षी दलका नेतासँग प्रधानमन्त्रीले समेत भेटेको केही दिनमा नै नेपाल भ्रमणमा आएका श्रींगलाले सभापति देउवा सहित कांग्रेसका शीर्ष तीन नेताहरुसँग सामूहिक रुपमा गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बिहिबार राती कांग्रेस सभापति देउवाको निवासमा श्रींगलाले देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई संयुक्त रुपमा भेटेका हुन। भेटमा के विषयमा कुराकानी भयो भन्ने बारे भने खुलेको छैन। बिहीबार नै काठमाडौं आइपुगेका श्रींगलाले आएलगत्तै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा र त्यसपछि राष्ट्रपति भण्डारीसँग राष्ट्रपति निवासमा भेटेका थिए।

उनी राजनीतिक भेटघाटसँगै नेपालका विभिन्न ठाउँको भ्रमणका लागि नेपाल आएको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रिए लगत्तै आफैंले पत्रकारहरुलाई जानकारी दिएका थिए।



लोकप्रिय समाचार
नयाँ