काठमाडौं । भारतको गुजरातस्थित राजकोट जिल्लाको एक कोभिड अस्पतालमा बिहीबार राति आगलागी भएको छ । उक्त घटनामा पाँच जना कोरोना संक्रमित बिरामीको जलेर ज्यान गएको छ ।
एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । उक्त आगजनी बंगला चौराहेको नजिक उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो ।
उक्त घटना राति १ देखि २ बजेको बीचमा भएको बताइएको छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो ।
ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी हुन् । उदय शिवानन्द कोभिड अस्पतालमा गत सेप्टेम्बरमा मन्जुरी दिइएको थियो । गत अगष्टदेखि यो चौथो घटना हो ।