arrow

‘नेपाल एकीकरणको इतिहास बि.सं. १८०१–१८७२’ 

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
army-1801-1872.jpg

काठमाडौं । ‘नेपाल एकीकरणको इतिहास बि.सं. १८०१–१८७२’ सम्बन्धी पुस्तकबारे अन्तक्र्रिया भएको छ । सेना दिवस २०७७ को अवसरमा विमोचनको कार्यक्रम रहेकामा बिहीबार पुस्तक लेखनमा संलग्न इतिहासविद्हरु, गैरसैनिक इतिहास, भुगोल, संस्कृति तथा पुरातत्वविद्हरु र उपत्यका तथा जंगी अड्डाका विषयविज्ञ सैनिक अधिकारीहरु संलग्न भई एक दिने अन्तरक्रिया भएको हो । 

कार्यरथी उपरथी सुवर्णबहादुर शाहको संयोजकत्वमा संचालन भएको सो अन्तक्र्रिया कार्यक्रममा उक्त पुस्तक लेखन कार्यमा संलग्न रहेका प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सहप्राध्यापक डाक्टर विनोद थापाबाट पुस्तकको सम्बन्धमा प्रकाश पारेका थिए । 

अन्तरक्रियाको दौरानमा प्राध्यापक डाक्टर भावेश्वर पंगेनी, प्राध्यापक डाक्टर टेकबहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले आ–आफ्ना राय तथा सुझाव दिएका थिए । 

उक्त अन्तरक्रिया कार्यक्रमले नेपालको एकिकरणका विषयमा रहेका विभिन्न दुविधा वा
तथ्यगत विवादहरुको पहिचान गरी त्यस्ता विषयहरुमा विषय विज्ञहरुबाट प्राप्त राय सुझावसहित
प्रकाशित गरिने यो पुस्तक सर्वस्वीकार्य हुने विश्वास लिएको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ