काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले सूचना लुकाउने नाममा पत्रकारमाथि नै दुर्व्यबहार गरेका छन् । वडाभित्र भइरहेका गतिविधि तथा वडामा सञ्चालित बालुवा वासिङ मेसिनले वातावरणीय पर्यावरणीयमा असर पुर्याएको बारे समाचार सम्प्रेषणका क्रममा आवश्यक सूचना माग्न जाँदा उनले पत्रकारलाई दुर्व्यबहार गर्दै सूचना लुकाएर अवैध धन्दाको बचाउ गरेका छन् ।
बुढानीलकण्ठ वडा १३ भित्र सञ्चालित चुनिखेल आसपास क्षेत्रमा संचालित त्यस वासिङ क्षेत्रमा कुनै पनि सूचना बोर्ड तथा कम्पनीको नामसमेत नराखी गैरकानूनी रुपमा सञ्चालन गर्दै आएको सूचनाका आधारमा जानकारी लिन वडा कार्यालय पुग्दा अध्यक्षले आफूसंग कुनै कागजात नभएको र गैरकानुनी रुपमै सञ्चालन भएको हो, के गर्न सक्छौँ गर भन्दै उल्टै पत्रकारलाई नै धम्कीपूर्ण भाषा बोलेका छन् ।
चुनिखेलमा सञ्चालन भइरहेको वासिङबाट निस्किएको लेदो पानीले खोलालाई दूषित बनाएको छ । च्यानेखोला कौडोलबाट आएको स्वच्छ पानी वासिङकै कारण वर्षयामा जस्तै धमिलो र प्रदूषित भएको छ । उनले सूचना माग्न जाने पत्रकारलाई ‘जुनसुकै मिडियाका (नेपाल टेलिभिजन) पत्रकार आए पनि यहाँ केही हुन्न, सूचना दिन्न ,जाउ मुद्धा हाल’ धम्क्याएका हुन् ।