काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई सयले ओरालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।
चाँदी शुक्रबार प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो ।
बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो ।