arrow

पापीखोल्सामा प्रतापको, कुलेखानीमा राधिकाको शव फेला

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
Dead_Body.jpg.jpeg

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा शुक्रबार बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । 
    
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ । 

यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

 शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो ।  



लोकप्रिय समाचार
नयाँ