arrow

ताप्लेजुङको फुङ्लिङ बजार बन्द

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
Taplejung-hamrakura.jpeg

फुङ्लिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार शुक्रबारदेखि सोही  बारमा पुनः बन्द हुने भएको छ । चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको  बजार फेरि साप्ताहिकरुपमा बन्द हुने छ । 

दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य संघले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछ”,संघका कार्यकारी अधिकृत भीष्मराज बरालले बताए । 

संघले चिसो मौसम शुरु भएकाले विभिन्न किसिमका सङ्क्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ । वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम शुरु भएकाले रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखापर्ने भएको सोविरुद्ध विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

 सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटनासमेत हुने भएकाले सतर्क र संवेदनशील रहन पनि आग्रह गरेको छ । 



लोकप्रिय समाचार
नयाँ