कञ्चनपुर । नेपाल प्रजातान्त्रिक महासंघको सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग डडेल्धुरा जिल्ला समितीको संयोजकमा दीपेन्द्र अवस्थीलाई जिम्मेवारी दिइएको छ ।
अवस्थी नेपाल प्रेस युनियनका सुदुर पश्चिम प्रदेश पार्षद हुन । प्रेस युनियन डडेल्धुरा शाखाका सदस्य सुष्मिता थापालाई सचीवमा जिम्मेवारी दिइएको महासंघ केन्द्रिय सदस्य एवं सूचना प्रविधि तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।
त्यसै गरि बिभागको डडेल्धुरा समितिमा सदस्यहरुमा टंक पनेरू , ललिता साउँद र मनोज देउवालाई महासंघको सूचना , प्रविधि तथा प्रचार बिभागले बुधबार मनोनयन गरि जिम्मेवारी दिएको केन्द्रिय संयोजक पराजुलीले बताइन ।
नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्ना विभिन्न संगठनहरुलाई बिस्तार गर्ने अभियान अन्तर्गत सुदुर पश्चिम प्रदेशका हरेक जिल्लामा बिभाग गठनको प्रक्रिया सुरु गरिएको महासंघको सूचना , प्रविधी तथा प्रचार बिभागका प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।