खार्तूम । सुडानका पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको अन्त्येष्टि गरिएको छ ।
बिहीबार निधन भएका ८४ बर्षका मेहदीको शुक्रबार अन्त्येष्टि गरिएको हो । उनलाई अन्तिम विदाई गर्न उनका हजारौँ समर्थक शुक्रबार विहानैदेखि शव राखिएको ठाउँमा पुगेका थिए ।
नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेता समेत रहेका मेहदीलाई तीन हप्ता पहिले सुडानमा कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स (युएई) पठाइएको थियो ।
उनको शव युएइबाट खर्तूम विमानमा ल्याएपछि सुडानी सैनिकहरुले विमानस्थलबाट लगेर अन्त्येष्टि गराएका थिए ।
उन सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए । उनले सन् १९६६ देखि १९६७ सम्म र १९८६ देखि १९८९ सम्म प्रधानमन्त्रीको जिम्मेबारी निर्वाह गरेका थिए ।
केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा मेहदीलाई वर्खास्त गरेका थिए । त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनले निरन्तर आवाज उठाउँदै आएका थिए ।
मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए ।