काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १:०० बजेदेखि बैठक शुरु भएको हो।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी छन्। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुहुने बताइएको छ।