प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना सङ्क्रमण
रासस,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
102
Shares
मोरङ। प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ। प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए।
प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए। उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए।
प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन्।