arrow

कोभिडको समयमा अनुमान गरेभन्दा रेमिट्यान्स बढ्यो

logo
प्रकाशित २०७७ मंसिर १३ शनिबार
remittance.jpg.jpeg

काठमाडौं। विश्व वैंकले कोभिड—१९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरेको थियो तर, उसको अनुमान बिपरित रेमिट्यान्स कारोबार बढेको र रेमिट्यान्सका प्रयोगकर्ताहरुको सँख्या पनि बढेको सरोकारवालाहरु बताए। ब्रान्डवर्थ प्रालिको आयोजनामा आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० अन्र्तगत डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनि सत्रमा, कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको कुरा सरोबारवालाले व्यक्त गरेका हुन।

कार्यक्रममा बोल्दै आइएम ई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोभिडको समयमा सबैजना आत्तिएको भएपनि विस्तारै बानी पर्दै गएको बताए।  “हामीलाई पनि लागेको थियो धेरै नेपाली फर्किनेछ र अब रेमिट्यान्स घट्नेछ । धेरै नेपालीहरु फर्किनु पनि भयो तर फर्किनेहरुले पनि सामान नल्याएर पैशा पठाउनुभयो त्यो पनि वैधानिक रुपमा । यसले गर्दा पनि महामारीको समयमा पनि रेमिटयान्सको कारोबार बढ्न गएको हो ।”

उनकाअनुसार पहिले धेरै अवैधानिक रुपमा पैसा विदेशबाट नेपाल पठाउने गरिन्थ्यो तर अहिले वैधानिक रुपमा आउन थालेको छ, नेपालमा मात्र होइन, दक्षिण एसियामा पनि बढेको छ रेमिट्यान्सको व्यावसाय बढेको उनले बताए । 

“पछिल्लो समयमा रेमिट्यान्स क्षेत्रलाई कसरी नियमनगर्ने र व्यवस्थित बनाउने भन्ने विषयमा राष्ट्र बैंकले पनि धेरै चासो देखाइरहेको छ । जुनहाम्रो लागि एकदम राम्रो सुरुवात हो,”उनले भने । यद्यपि बढ्दो डिजिटल कारोबार सँगै बढिरहेको चुनौतीहरुलाई पनि सम्बोधन गर्दै जानुपर्नेमा उनले जोड दिए । 

“डिजिटल कारोबारको लागि इन्टरनेट सेवालाई पनि अझ बढि सहज गर्नुपर्नै छ, धेरै मान्छेहरु अझै पनि फोरजी नेटवर्क चलाउन पाएका छैनन,”उनले बताए । 
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि पछिल्लो समयमा प्रविधिको विकासले डिजिटल रेमिट्यान्सको राम्रो बृद्धि भइरहेको बताए तर यसको विषयमा धेरैलाई अझैँ पनि जानकारी नभएको उनको भनाई छ । 

“हाम्रो धेरै जसो ग्राहकहरु भनेको प्रवासीकामदारहरु छन् ।हामीले उहाँहरुलाई बुझाउन जरुरी छ किनहामीलाई डिजिटल रेमिट्यान्सको आवश्यकता किन छ र यसको प्रयोगको फाइदाहरु के के हुन्छन्,”उनले भने, “हाम्रो जस्तो देशमा अझैँ पनि करिव पाँचवर्ष लाग्छ नेपाल जस्तो मार्केटले डिजिटल रेमिट्यान्सलाई एडप्ट गर्न ।”

हरेक देशहरुमा रहेका लोकल एजेन्टहरुको कारणले पनि पैशा पठाउनेहरुको लागि वैधानिक बाटो महँगो पर्न गएको चौधरीले बताए । “हामीले हरेक ठाउँमा आफ्नो मान्छे राखेर ग्राहकहरुलाई डिजिटल कारोवार सम्बन्धि जानकारी दिन सक्नुपर्छ यद्यपी यो एकदमै चुनौतीपुर्ण छ ।” उद्यमीहरुको हकमा भने नयाँ आउनेहरुको लागि पनि बजारमा अहिले धेरै राम्रा् अवसर रहेको उनी बताउछन् । 

नयाँ उद्यमीहरुले बजारमा आफुलाई सस्टेन गर्नको लागि भने नयाँ ब्यावसायिक योजनाहरु लिएर आउनुपर्ने बताउछन्,म्याट टेक्नोलोजी इन्क नेपालका सह—सँस्थापक बाल कृष्ण जोशी । “पछिल्लो समयमा विकास हुदैँ गइरहेको प्रविधिले गर्दा पनि यो व्यवसायलाई धेरै सहयोग गरेको छ । कोरोना महामारीले गर्दा रेमिट्यान्स व्यवसायलाई झन धेरै बृद्धि हुने मौका दियो,”उनले भने, “यसले यस क्षेत्रमा थुप्रै अवसरहरु पनि बनाएको छ । अहिले त रेमिट्यान्समा लागत पनि घटिरहेको छ ।” त्यसैले प्रतिस्पर्धामा उत्रिन नयाँ मान्छेहरुले नयाँ व्यावसायिक मोडेलहरु कस्तो कस्तो ल्याउँछन् भन्नेमा यो व्यावसायको भविष्य निर्भर हुन्छ। 



लोकप्रिय समाचार
नयाँ