arrow

चीनविरुद्ध भारत, श्रीलंका र माल्दिभ्सको समुद्री संवाद

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
indian-ocean-stratagies.jpg

काठमाडौं। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले शुक्रबार दुईदिने भ्रमणका लागि श्रीलंका पुगेका थिए। त्यस्तै माल्दिभीयन रक्षामन्त्री मारिया दिदी पनि श्रीलंका पुगेकी छन्। भारत र श्रीलंकाबीचको सम्बन्धलाई अझैं मजबुत बनाउने उद्देश्यले गोटाबाया राजपक्षे राष्ट्रपति भएको ठ्याक्कै १ वर्षपछि डोभाल श्रीलंका पुगेका हुन्।

सुरक्षा सल्लाहकार डोभालको भ्रमणको मुख्य एजेण्डा भारत, श्रीलंका र माल्दिभ्सबीचको सामुन्द्रीक वार्ता रहेको छ। करिब ६ वर्षपछि यो वार्तालाई पुर्नजागृत गदिएको बताइएको छ। श्रीलंकाका रक्षा सचिव मेजर जनरल कमल गुणरत्नेको औपचारिक निमन्त्रणमा भारतीय सुरक्षा सल्लाहकार त्यहाँ गएका हुन्।
त्रिपक्षीय वार्ताका लागि माल्दिभ्सकी रक्षामन्त्री मारिया दिदी पनि श्रीलंका पुगेकी छन्। हिन्द महासागरका मुख्य देशका रुपमा श्रीलंका र माल्दिभ्सले भारतसँग ‘सामुन्द्रिक वार्ता’ गर्न खोजेसँगै तीनवटै देशबीच चौथो पटक ६ वर्षपछि त्रिपक्षीय सामुन्द्रिक वार्ता हुन लागेको हो।

यसअघि सन् २०१४ मा मात्रै यस किसिमको त्रिपक्षीय वार्ता भएको थियो। ‘त्रिपक्षीय समुन्द्री सुरक्षा सहयोग’ नाम दिइएको यो वार्ता सन् २०११ मा पहिलो पटक भएको थियो। दोस्रोवार्ता सन् २०१३ मा भएको थियो। पहिलो वार्ताको आयोजना माल्दिभ्स, दोस्रो श्रीलंका र तेस्रो भारतले आयोजना गरेको थियो। यस पटक बंगलादेशलाई समेत आमन्त्रित गरिएको बताइएपनि बंग्लादेशको सहभागिताकाबारेमा भने कुनै आधिकारीक कुरा बाहिरिएको छैन्।

हिन्द महासागरका महत्वपूर्ण भुमीका रुपमा रहेका माल्दिभ्स र श्रीलंका चीनको प्रभावमा पुग्ने अवस्थामा भारतले हिन्द महासागरमा आफ्नो प्रभुत्व कायम राख्नका लाग त्रिपक्षीय वार्तालाई बलियो बनाइरहेको छ। पछिल्लो समय चीनले हिन्द महासागर क्षेत्रमा आफ्नो गतिविधि एवं हस्तक्षेप बढाउँन खाजिरहेको बताइन्छ। यसबीच चौतर्फीरुपमा चीनविरुद्ध आफुलाई शक्तिमान बनाइरहेको भारतले क्वाडपछि यो अर्को कदम चालेको हो।

यस क्षेत्रमा बढेको लागुऔषध तस्करी र मानवबेचबिखनलाई ध्यानमा राख्दै भारतले साना तर, महत्वपूर्ण छिमेकीलाई सहयोग गर्न समेत लागेको हो। पछिल्लो समय यो क्षेत्रमा लागुऔषध तस्करी एवं मानवबेचबिखनमा अपराधहरु बढ्दो स्थितीमा छन्।



लोकप्रिय समाचार
नयाँ