हुम्ला । गाउँपालिका केन्द्रमा बत्ती बाल्न हरियो सल्लाको रुखबाट बिजुलीकोे तार तानिएको छ । याङगारमा रहेको पावर हाउसबाट लाईन तान्नका लागि पोल नहुँदा हरियो सल्लाको रुखबाट तार तानिएको हो । नाम्खा गाउँपालिका वडानं ४ याल्वाङ्गमा रहेको गाउँपालिका केन्द्रमा बत्ती बाल्न सल्लाको हरियो रुखलाई पोल बनाएर बिजुलीको तार तानिएको हो ।
३४ किलोवाट बिजुली उत्पादन गर्दै आएको याङगार खोला लघु जलविद्युत वितरण केन्द्रले याङगार गाउँबाट ल्याइएको मेनलाईन हरियो सल्लाको रुखमा टाँगिएको छ ।
याङगार खोला लघुजलविद्युत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग, गाउँपालिका, बैंक, गुम्बा लगायतका स्थानियको घरमा बत्ती बाल्नका लागि पोल नभएपछि गाउँमा जसरी पनि बत्ती बाल्नका लागि रुखकै सहायता लिएर पनि बिजुली तार ल्याएर पालिका केन्द्रमा बत्ती बालेको नाम्खा ४ याङगारका नाक्पा नुर्बु लामाले बताए ।
हरियो रुखबाट बिजुली विस्तार गरेकाले रुखको आसपास जाने मानिस तथा पशु बस्तुलाई समेत खतरा हुने सक्ने देखिन्छ ।
यसका कारण कुनै दुर्घटना नहोला भन्न सकिन्न । पालिका केन्द्रमै यस्तो अबस्था हुँदासमेत नाम्खा गाउँपालिकासंगै सरोकारवाला निकाय मुकदर्शक भएर बसेका छन् ।