काठमाडौ| एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ काठमाडौं आइपुगेका छन्। वेई सहितको प्रतिनिधि मण्डल चढेको बोइङ ७३७ बिमान बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
एक दिने औपचारिक भ्रमणका लागि आएको यो टोलीले उच्चस्तरीय भेटवार्ता गर्ने छ । यसअघि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमण गएका थिए । सोहीबेला को औपचारिक निमन्त्रणामा चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आएका हुन्।