काठमाडौँ । स्थानीय बजारमा आइतबार पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो ।
यस्तै चाँदी आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आइतबार चाँदी प्रतितोला रु १५ ले घटेको हो ।