कञ्चनपुर । नेपाली काँग्रेस शुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सुचना , प्रविधी तथा प्रचार बिभागको संगठन सुदुर पश्चिममा बिस्तार कार्य तीब्र पारेको छ ।
महासंघले सुदुर पश्चिमको बाजुरा जिल्लामा नेपाल प्रेस युनियनकी केन्द्रिय पार्षद रमा रावललाई सुचना तथा प्रचार बिभागमा संयोजकको जिम्मेवारी दिएको छ ।
त्यसै गरि बिभागको बाजुरा शाखाको सचिवमा प्रेस युनियन बाजुरा शाखाका उपाध्यक्ष संगिता कुमारी तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । सदस्यहरुमा प्रेस युनियन बाजुरा शाखाका सदस्यहरु जनक बोहरा , चक्र बहादुर ऐडी र राम बिकलाई जिम्मेवारी दिइएको महासंघकी केन्द्रिय सदस्य एवं सुचना प्रविधि तथा प्रचार बिभाग प्रमुख रोजी ढकाल पराजुलीले बताईन ।
महासंघले आफ्नो संगठन सबै जिल्ला र तहहरु सम्म बिस्तार गरि पार्टीलाई बलियो बनाउन भुमिका निर्वाह गर्ने नीति अनुसारनै सुदूर पश्चिममा पनि बिभागको बिस्तार थालिएको प्रदेश संयोजक दीपेन्द्र बस्नेतले जनाए ।
हाल सम्म बझाङ , दार्चुला , बैतडी , डडेल्धुरा र बाजुरामा बिभागको शाखा बिस्तार गरिएको र अन्य बाँकी रहेका जिल्लाहरुमा लगत्तै शाखा बिस्तार गरिने संयोजक बस्नेतले बताए ।