काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अब फिल्म जगतबाट टाढा छन्। उनलाई भारतीय सिनेमाको हे म्यान पनि भनिन्छ। सन् १९९७ मा उनी विश्वका १० सबैभन्दा सुन्दर पुरुषहरू मध्ये एक थिए। यसबाट उनको व्यक्तित्व अनुमान गर्न सकिन्छ। एक भन्दा बढि सुपरहिट फिल्म दिने धर्मेन्द्र बाल्यकालदेखि नै नायक बन्न चाहन्थे। कुनै समय ग्लामरस रोजेका त्यही धर्मेन्द्रले आफ्नो जीवन मायायानगरीबाट टाढा एक्लै बिताइरहेका छन्।
धर्मेन्द्रको जन्म पंजाबको लुधियाना शहरको सानो गाउँ नसरालीमा भएको थियो। जाट परिवारमा जन्मेको धर्मेन्द्र बाल्यकालदेखि नै स्वस्थ थिए। प्रकाश कौरसँग विवाह गर्दा उनी १९ वर्षका थिए। धर्मेन्द्र त्यसबेला बलिउडमा प्रवेश गरेका थिएनन्। प्रकाश कौर र धर्मेन्द्रका चार सन्तान, दुई छोराहरू र दुई छोरीहरू छन्।
जब धर्मेन्द्र फिल्ममा देखा परे, त्यस लगत्तै बलिउडमा उनको नाम चल्यो। उनको जोडि हेमा मालिनीसँग सबैभन्दा मन पराइयो। त्यहि सुपरहिट जोडी वास्तविक जीवनमा पनि बने। दोस्रो विवाहको लागि, धर्मेन्द्र र हेमा धर्म परिवर्तन गरेर इस्लाम अपनाए त्यसपछि सदाको लागि एक भए। हेमा मालिनी र धर्मेन्द्रका दुई छोरी छन्।
दुई विवाह गर्ने ८४ वर्षीय धर्मेन्द्र अहिले आफ्नो फार्महाउसमा एक्लै बस्छन्। उनी मुम्बई नजिकै लोनावालामा रहेको आफ्नो फार्महाउसमा जैविक खेतीको गरिरहेका छन् । उनीसँग धेरै गाईहरू पनि छन्। धर्मेन्द्रलाई मुम्बईको हलचल लक्जरी जीबनभन्दा फार्महाउसमा एकदमै आराम मिलेको छ। धर्मेन्द्रले आफ्नो फार्महाउसबाट धेरै फोटोहरू र भिडियोहरू शेयर गर्ने गर्छन्।
एउटा अन्तर्वार्तामा धर्मेन्द्रले भनेका थिए, 'म जाट हुँ र जाटले जमिनलाई माया गर्छ । आफ्नो खेतलाई प्रेम गर्दछ। म मेरो समय लोनाभलाको मेरो फार्महाउसमा बिताउँछु। म खेतीमा खुशी छु। मेरो उद्देश्य जैविक खेती गर्नु मात्र हो।'