arrow

थप छ गैरआवासीय नेपालीको निधन

logo
प्रकाशित २०७७ मंसिर १४ आइतबार
dead-body2.jpg

लन्डन । कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।  

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार साँझसम्म  विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ गैरआवासीय नेपाली संक्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कूल संक्रमितमध्येको ९१  प्रतिशत रहेको छ ।



लोकप्रिय समाचार
नयाँ