काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र चेल्सीले बराबरी खेलेका छन् । आइतबार राति चेल्सीको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको हो । खेलमा चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । १० औं मिनेटमा टिमो वेर्नेरले गरेको गोल अफसाइड भएको थियो ।
म्यानचेस्टर युनाइटेड भर्सेस साउथह्याम्पटन
म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनविरुद्ध ३-२ गोलको जित निकालेको हो ।
साउथह्याम्पटनको मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर युनाईटेडले उत्कृष्ट जित निकालेको हो । २६ औं मिनेटमा जान बेडनारेकले र ३३ औं मिनेटमा जेम्स वार्ड प्राउसले फ्रिकिकबाट गोल गर्दै साउथह्याम्पटन २-० गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा युनाइटेड खेलमा फर्कियो । खेलको ५९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई २(१ को स्थितिमा ल्याए ।
८४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई २-२ गोलको बराबरीमा ल्याए ।
इन्जुरी समयमा काभानीले गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।
आर्सनल भर्सेस वुल्भ्स
आर्सनलले घरेलु मैदानमै पराजय भोगेको छ । आर्सनल वुल्भरह्याम्पटन वान्डेरर्ससँग १–२ गोलले पराजित भएको हो ।
२७ औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै वुल्भ्सलाई अगाडि बढाए । त्यसको ३ मिनेटमै गाब्रियलले गोल गर्दैै बराबरीमा ल्याए ।
४२ औं मिनेटमा डानियल पोडेन्सले गोल गर्दै वुल्भ्सलाई जिताए ।
दोस्रो हाफमा दुवै टिममा सात वटा पहेंलो कार्ड देखाइयो । खेल राम्रो भएन । गोल पनि भएन ।
अंक तालिका
१० खेलबाट २१ अंकसहित टोटनह्याम शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पनि २१ अंक नै छ ।
घरेलु मैदानमा गोल गर्न नसकेको चेल्सी १९ अंकबाट तेस्रो स्थानमा छ । आर्सनल १३ अंकसहित १४ औं स्थानमा छ ।