बाँके। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप नयाँ शाखा संचालनमा ल्याएको हो। पछिल्लो पटक सेञ्चुरीले मंसिर १४ गते आइतबारबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो।
बैंकले योसँगै बैंकको शाखा संजाल एक सय १४ पुगेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको साविक कोहलपुर गाविस ११ बाट बैकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएको हो।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकलाई प्रदान गर्दै आएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
थप जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्नसमेत बैंकले अनुरोध गरेको छ।