रामपुर । पन्चेबाजाको धुनले कतिसम्म आकर्षण गर्छ भन्ने कुराको जानकारी लिन बुढापुरानाकै कुरा सुन्नुपर्छ । एक गाउँबाट अर्को गाउँसम्म र टाडा टाढासम्म पनि त्यो धुनले आकर्षित गर्छ ।
बिहे, ब्रतबन्ध र विशेष चाडबाडमासमेत घन्किने पन्चेबाजा आधुनिकतासँगै लोप हुँदै गएको छ । यसको संरक्षणमा केही समूदाय जुटे पनि राज्य नै यसका लागि सक्रिय हुनुपर्ने जोड पनि दिँदै आइएको छ ।
लोप हुँदै गर्दा उक्त समूदाय चिन्तामा परेको छ । तस्वीरमा पाल्पामा लोप हुँदै गरेको पुरानो पन्चेबाजा देख्न सकिन्छ । तस्वीर – रासस ।