डडेल्धुरा । करिब दुई लाख दर्शनार्थी तथा भक्तजनहरु आउने स्थानीय भाषामा देहिजाँत भनिने उग्रतारा मेला मेला नभए पनि परम्परागत पूजाअर्चना गर्दै सोमवार सम्पन्न हुँदैछ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेकोले सुदूरपश्चिमको सबै भन्दा ठूलो भगवती मेला यस वर्ष कोरोना सन्त्रासका कारण प्रभाबित मात्र भएको छैन लाखौंको भिड लाग्ने मेलामा ग्रामीण क्षेत्रबाट आउने यात्रुबाहक यातायातका साधनमा पनि रोक लगाएपछि मेलामा दर्शनार्थी उल्लेख्य रुपमा घट्ने देखिएको छ ।
सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ डडेल्धुराको प्रमुख धार्मिक पर्यटकीयस्थल महाशक्ति उग्रतारा भगवती मन्दिरमा आउने चार देउरा ल्याउने, मूल पूजा गर्ने तर बिगत वर्ष जस्तै भिडभाड नगर्ने गरी भव्य मेला नगर्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
महामारीका कारण कडा सुरक्षाका बीच सामान्य आवतजावत मात्र खुला रहने, बजार पसलहरु बन्द गरिएको छ भने परम्परा अनुसार गरिने कोभिड १९ को संक्रमणको नियन्त्रणका लागि सबै धार्मिक बिधि पूजाअर्चना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई गरिने समितिले जनाएको छ ।