काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर चौध सय चौरहत्तर जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी गत २४ घण्टामा एक हजार ९३१ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५ सय २१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हाल मुलुकभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण उनान्तीस जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५०८ पुगेको छ ।