काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेजको टाउकोको शल्यक्रिया गरिएको छ । उल्भ्सले सोमबार जेमिनेजको टाउकोको खप्परको शल्यक्रिया गरिएको जनाएको हो ।
उनको लण्डनको एक अस्पतालमा शल्यक्रिया गरिएको हो । मेक्सिकन फरवार्ड जेमिनेज खतरामुक्त रहेको समेत उल्भ्सले जनाएको छ ।
जेमिनेजले आर्सनलविरुद्धको खेलमा टाउकोको चोट बोकेका थिए । उक्त खेलमा उल्भ्सले २(१ गोल अन्तरको जित निकालेको थियो ।
कर्नर बलमा हेड गर्ने क्रममा उनी आर्सनलका डेभिड लुइजसँग जुध्न पुगेका थिए ।
उल्भ्स १० खेलबाट १७ अंक सहित लिग तालिकाको सातौं स्थानमा रहेको छ ।