arrow

नेपालमा घटे एड्स रोगी, यस्तो छ तथ्याङ्क

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
HIV-AIDS-dating.jpeg

काठमाडौं । मंगलबार डिसेम्बर १ तारिख । विश्व एड्स दिवस । ३३ औँ विश्व एड्स दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको नारा ‘एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी ’भन्ने तय गरिएको छ ।

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष यसैदिन यो दिवस मनाउन थालिएको हो ।

यस्तो छ नेपालको स्थिति 
नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा। सुधा देवकोटाले सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरेकी हुन् । 

तीमध्ये पुरुषको संख्या १७ हजार ५८७ र महिलाको संख्या ११ हजार ९१६ रहेको छ ।

नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको पनि डा. देवकोटाले बताइन् । 

हाल कुल एचआईभी संक्रमितमध्ये १९ हजार ४०० जना अर्थात् ६६ प्रतिशतमात्र एआरभी उपचारमा रहेका छन् । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ ।
 



लोकप्रिय समाचार
नयाँ