arrow

यसरी मनाइयो गुरुनानकको जयन्ती

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
gurunanak-jayanti.jpg

काठमाडौं ।  विश्व हिन्दू परिषद नेपालको आयोजनामा गुरुनानक देवजीको ५५१ औं जयंती मनाइएको छ । सोमबार सप्तरी लगायतका विभिन्न जिल्लाहरुमा परिषदका स्थानीय कार्यकर्ताहरुले  कार्यक्रम आयोजना गरेका थिए ।

विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरुनानक देवजीको जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ । ओमकार परिवारभित्र कै सिख धर्म पनि भएको हुनाले परिषदले प्रत्येक वर्ष गुरुनानक देवजीको जयन्ती मनाउने गर्छ । 

कार्यक्रममा परिषदका वक्ताहरुले गुरुनानक देवजीको जीवनी एवं समाजमा उनले पुर्याएको योगदानबारे प्रकाश पारेका थिए । विश्व हिन्दू परिषद नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किराँत आदि पन्थका कार्यक्रमहरु बडो हर्षोल्लासका साथ मनाउने गर्दछ । 

यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सूत्रमा बाँध्ने विश्व हिन्दू परिषद् नेपालको विश्वास रहेको परिषदका एक अधिकारीले बताए । 



लोकप्रिय समाचार
नयाँ