काठमाडौँ । स्थानीय बजारमा मंगलबार पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन मंगलबार रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।
त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य मंगलबार भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।
यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी मंगलबार भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।