arrow

मृत्युशैयामा पुगेकी तामाङलाई बचाउँन डा.शर्माले गरे निःशुल्क उपचार

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
sunil-sharma1.jpg

बिराटनगर । संखुवासभाको तुम्लिङटारकी मुना तामाङ चार दिनदेखि बेहोस थिईन् । होस नखुलेपछि ऋण खोजेर उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याईएकी उनको उपचार सुरु गर्दा गर्दै अलिअलि भएको पैसा सबै सकियो । परीक्षणमा ‘ब्रेन ट्यूमर’ को समस्या पत्ता लागेर डाक्टरले तत्काल अप्रेशन गर्नुपर्ने बताए पनि पैसा सक्किदा बेहोस अवस्थामै उनलाई घर फर्काउनुपर्ने अवस्था आयो । ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आएका दिलिपले श्रीमतीको अप्रेशन खर्च जुटाउने कुनै उपाय नभेट्दा मृत्युशैयामा पुगेकी मुनालाई बेहोस अवस्थामै घर फर्काउने तयारी गरेका थिए ।

अप्रेशन गर्ने पैसा नभएकै कारण मृत्युको मुखमा पुगेकी तामाङको अन्ततः नोबेल अस्पतालमै जटिल अप्रेशन भएको छ । त्यो पनि निःशुल्क । पैसा अभावमा उपचार गर्न नसकेर मृत्युशैयामा पुगेको बिरामीलाई घर फर्काउन लागेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले मुनाको निःशुल्क उपचारको व्यवस्था मिलाई दिएका हुन् । 

डिउटीमा रहेका स्वास्थ्यकर्मीबाट उपचार गर्ने पैसा नभएर बिरामी लैजान लागेको खबर पाएपछि डा.शर्मा बिरामीको अवस्था बुझ्न ईमर्जेन्सी कक्ष पुगेका थिए । उनले बिरामीको दयनीय अवस्था बुझेपछि सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाईदिएका हुन् । शल्यक्रिया सफल भएपछि अहिले मुनाको स्वास्थ्य अवस्था सामान्य छ । डा.शर्माको सहयोगका कारण आफु मृत्युको मुखबाट फर्किएको भन्दै मुनाले खुशी व्यक्त गरिन् । ‘गरिब परिवारको मान्छे, धेरै खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन ।’ उनले भनिन्–‘पैसा नभएर उपचार गर्न नसक्दा बेहोस अवस्थामा त्यत्तिकै मर्न लागेकी रहेछु । धन्न मनकारी मान्छेको साथ मिल्नाले निःशुल्क उपचार पाएर ज्यान जोगियो ।’

डा.शर्माले मुनाको अप्रेशनसहित लाखौं मूल्य बराबरको औषधि उपचार खर्च निःशुल्क मात्र गरेनन् बेखर्ची बनेका बिरामी र कुरुवालाई खानाको व्यवस्था पनि मिलाईदिएका छन् । उपचार गर्ने पैसा नभएर बेहोस अवस्थामै घर फर्काउन लागेको थाहा पाएपछि बिरामीलाई औषधि, उपचारसहित कुरुवालाई खानाको व्यवस्था मिलाईदिएको डा.शर्मा बताउँछन् । उनी भन्छन्–‘अफ्ठेरोमा परेकालाई सहयोग गर्नु मानबीय धर्म हो । त्यसैले उहाँहरुलाई पनि सहयोग गरेको हुँ ।’ नेपाली कांग्रेसका नेतासमेत रहेका डा.शर्माले यसअघि पनि हजारौं गरिब, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गराएका छन् ।



लोकप्रिय समाचार
नयाँ