काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केक खुवाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकमा पौडेललाई जन्मदिनको शुभकामनासहित केक खुवाएका हुन् ।
बैठकको शुरुमा पौडेलको ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटी प्रधानमन्त्री एवं पार्टीका ओली र अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। महासचिव पौडेल प्रम ओलीका प्रिय पात्र हुन् ।
साथै शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको छ