हुम्ला। हुम्ला आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको विवादले नेकपा नफुट्ने बताएका छन्। सिमकोट बिमानस्थलको अनुगमन तथा निरिक्षणका लागि मंगलबार बिहान सिमकोट पुगेका मन्त्री भट्टराईले नेकपा कार्यकर्ताहरुसँगको भेटमा २ जना अध्यक्षको विवाद हुदैमा नेकपा पार्टी नफुट्ने बताए।
ठूलो पार्टी भएकाले पार्टी भित्र सानातिना समस्या आउनु स्वभाविक भएपनि अहिलेको यो समस्याकै कारण पार्टी कुनै पनि हालतमा फुट्दैन बरु पार्टी भित्र आएको अहिलेको समस्या चाँडै टुङ्गिने बताए। अहिले दुई अध्यक्षबीच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने उनले बताए।
कार्यक्रममा हुम्लाको बस्तुस्थितिका बारेमा प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले जानकारी गराएका थिए भने हुम्ला जिल्लामा भएका र भोगेका समस्याकाबारे जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए।